Section 14
सडक निर्माण, विस्तार वा सुधार गर्दा अरूजग्गा अधिग्रहण गर्न सकिने
(१) कुनै सार्वजनिक सडकको निर्माण, विस्तार वा सुधार गर्ने काम पूरा नभएसम्म देहायको कामको लागि सडक विभागले कुनै जग्गा अस्थायी रूपले अधिग्रहण गर्न सक्नेछ –
(क)त्यस्तो सडकको निर्माण, विस्तार वा सुधार गर्न आवश्यक निर्माणका सर–सामान उपकरण राख्न वा त्यस्तो निर्माण विस्तार वा सुधार सम्बन्धी कार्यको रेखदेख वा नियन्त्रण गर्ने व्यक्तिहरूबस्ने घर, कटेरो बनाउन,
(ख)त्यस्तो सडकको निर्माण, विस्तार वा सुधार गर्ने कार्य सम्पन नभएसम्म त्यस्तो सडकबाट हुने आवागमन चालू राख्न वा निर्माण पूरा नभएसम्म सो सम्बन्धी सरसामान वा उपकरण ओसार पसार गर्न आवश्यक पर्ने अस्थायी किसिमको छुट्टै सडक बनाउन ।
(२) उपदफा (१) मा उल्लिखित कामको लागि विशेष स्थिति परेमा बाहेक देहायको घर जग्गा अधिग्रहण गर्न हुँदैन –
(क)कुनै व्यक्तिले आफनो वासस्थानको निमित्त प्रयोग गरी राखेको घर, टहरा वा इमारत,(ख)देवस्थल, स्कूल, अस्पताल, धर्मशाला वा अनाथालयको निमित्त प्रयोग भई रहेको जग्गा ।(३) उपदफा (१) बमोजिम अधिग्रहण गरेको जग्गा जुन कार्यको निमित्त अधिग्रहण गरिएको हो, सो कार्य सम्पन्न भएपछि त्यस्तो जग्गा सम्बन्धित जग्गावाला वा निजको हकवालालाई भरसक अधिग्रहण गर्दा कै अवस्थामा फिर्ता गरि दिनु पर्नेछ ।